Multi Round Digital Quiz मा बिभिन्न राउण्डका नियम हरू

Multi Round Digital Quiz मा  निम्न अनुसारका आठवटा राउण्डहरू हुनेगर्दछन् । प्रत्येक राउण्डका आफ्ना आफ्नै नियमहरू हुने गर्दछन् । यस्ता नियमहरूलाई त्यो राउण्डको नामसँगै दिइएको छ । त्यसका अतिरिक्त सबै राउण्डका साझा केही नियमहरू हुन्छन् जसलाई Quiz Rules अन्तर्गत दिइएको छ । नियमहरू निम्नानुसार छन्ः

1. Quiz Rules

1) हाजिरीजवाफ प्रतियोगितालाई General Round, Multiple Choice Round, Audio Round, Visual Round, Audio-Visual Round, Pick Your Clue Round, Choose Your Field Round, Rapid Fire Round  गरी आठवटा राउण्डहरूमा संचालन गरिनेछ । 
2) प्रतियोगिताको शुरूमा प्रतियोगी बस्ने ठाउँ गोलाप्रथाद्वारा निर्धारण गरिनेछ । त्यसपछि पुरै प्रतियोगिता भरी बस्ने ठाउँ परिवर्तन गरिने छैन ।
3) प्रश्नको उत्तर दिँदा तोकिएको समय भित्र टोली नेताले दिएको उत्तरलाई मात्र मान्यता दिइनेछ ।
4) प्रतियोगीहरूले खाली कागज र कलम बाहेक कुनै किसिमका कापी, किताब वा मोबाइल आफ्नो साथमा राख्न वा प्रयोग गर्न पाइने छैन ।
5) प्रतियोगीले उत्तर दिन थालेपछि समय सकिएमा पनि उसलाई उत्तर पुरा गर्ने अवसर दिइने छ ।
6)प्रतियोगीले दिएको उत्तर प्रष्ट नभएमा आयोजक समितिले दोहोर्याएर उत्तर दिन लगाउन सक्नेछ । यसरी दोहोर्याएर उत्तर दिँदा उत्तरमा फरक पर्यो भने पछिल्लो उत्तरलाई उसको आधिकारिक उत्तर मानिनेछ ।
7)पहिलो पटक प्रश्न सोधिसकेपछि समयको गणना शुरू गरिनेछ । तर प्रतियोगीले प्रश्न नबुझेर सोधेमा त्यो समय उत्तर दिनुपर्ने समयमा नै गणना हुनेछ ।
8) प्रतियोगिताको समयमा कुनै कुरामा विवाद भएमा आयोजक समितिको निर्णय अन्तिम हुनेछ ।
9) आयोजक समितिले कुनै पनि प्रश्नलाई जुनसुकै अवस्थामा पनि रद्ध गर्न सक्नेछ । यसरी कुनै प्रश्न रद्ध भएमा त्यसको सट्टा अर्को कुनै प्रश्न सोध्न सकिनेछ । 
10) प्रत्येक राउण्डसँग सम्बन्धित नियमहरू त्यसै राउण्डको शुरूमा सुनाइनेछ ।
11) प्रतियोगीले प्रश्न रोज्ने पालो क्रमशः घडीको दिशामा र घडीको विपरित दिशामा निर्धारण गरिनेछ । यसरी निर्धारण गर्दा अघिल्लो राउण्ड जहाँ गएर समाप्त भएको हो, अर्को राउण्ड त्यहीँबाट शुरू गरिनेछ ।
12) प्रतियोगिताको अन्त्यमा दुई वा दुईभन्दा बढी समुहको कुल अंक बराबर भएमा जुन स्थानको लागि अंक बराबर भएको हो, त्यसै स्थानको लागि मात्र निर्णायक प्रतियोगिता गरिनेछ । 
13) यसरी निर्णायक प्रतियोगिता गर्दा बराबर अंक हुने समुहलाई मात्र राखेर प्रति समुह एक वटाको दरले General Round कै नियम प्रयोग गरेर प्रतियोगिता गराइनेछ । 
14) यस्तो निर्णायक प्रतियोगिता दुईपटक सम्म गर्दा पनि निर्णय नभएमा गोलाप्रथाद्वार निर्णय गरिनेछ ।

 2. General Round Rules

1) यो राउण्डमा प्रत्येक समुहलाई दुईवटाको दरले प्रश्नहरू सोधिनेछ ।
2) प्रश्न सोधिएको पहिलो समुहले उत्तर दिनको लागि ३० सेकेण्ड समय पाउनेछ भने पास भएका समुहले १५ सेकेण्डका दरले समय पाउनेछन् ।
3) प्रश्न सोधिएको प्रतियोगीले उत्तर मिलाएमा १० अंक र पास भएको प्रतियोगीले उत्तर मिलाएमा ५ अंक पाउनेछ भने उत्तर गलत भएमा कुनै अंक गुमाउने छैन ।

3. Multiple Choice Round Rules

1) यो राउण्डमा प्रति समुह एउटाको दरले प्रश्नहरू सोधिनेछ ।
2) प्रत्येक प्रश्नको उत्तरको लागि चारवटा विकल्पहरू देखाइनेछ, जसबाट प्रतियोगिले सही उत्तर छान्नुपर्ने हुन्छ ।
3) उत्तर दिनको लागि प्रतियोगिले ३० सेकेण्डको समय पाउनेछ ।
4) यो राउण्डका प्रश्नहरू एक समुहबाट अर्को समुहमा पास हुने छैनन् ।
5) प्रतियोगीले उत्तर मिलाएमा १० अंक पाउनेछ भने उत्तर गलत भएमा कुनै अंक गुमाउने छैन ।

4. Audio Round Rules

1) यो राउण्डमा प्रति समुह एउटाको दरले प्रश्नहरू सोधिनेछ ।
2) प्रश्न सोध्नुभन्दा पहिले एउटा अडियो क्लिप सुनाइनेछ । यो क्लिप दोहोर्याएर नसुनाइने भएकोले सबै समुहले ध्यान दिएर सुन्नु पर्नेछ । 
3) अडियो क्लिप बन्द गरेपछि त्यो क्लिपसँग सम्बन्धित प्रश्न सोधिनेछ । 
4) प्रश्न सोधिएको पहिलो समुहले उत्तर दिनको लागि ३० सेकेण्ड समय पाउनेछ भने पास भएका समुहले १५ सेकेण्डका दरले समय पाउनेछ ।
5) प्रश्न सोधिएको प्रतियोगीले उत्तर मिलाएमा १० अंक र पास भएको प्रतियोगीले उत्तर मिलाएमा ५ अंक पाउनेछ भने उत्तर गलत भएमा कुनै अंक गुमाउने छैन ।

5. Choose Your Field Round Rules

1) यो राउण्डमा प्रति समुह एउटाको दरले प्रश्नहरू सोधिनेछ ।
2) प्रतियोगीले आफुलाई प्रश्न सोधिने क्षेत्र रोज्न पाउनेछ । उसले रोजेकै क्षेत्रको एउटा प्रश्न सोधिनेछ ।
3) प्रश्न सोधिसकेपछि उत्तर दिनको लागि १ मिनेटको समय पाउनेछ । 
4) दुई वा दुई भन्दा बढी उत्तर आउने प्रश्न भएमा सबै उत्तर ठिक भएमा मात्र उत्तर मिलेको मानिनेछ ।
5) प्रतियोगीले दिएको उत्तर मिलेमा २० अंक पाउनेछ भने उत्तर गलत भएमा १० अंक गुमाउनेछ । तर पास गरेमा कुनै अंक गुमाउने छैन ।
6) यो राउण्डको कुनै पनि प्रश्न एक समुहबाट अर्को समुहमा पास हुने छैन ।

6. Visual Round Rules
1) यो राउण्डमा प्रति समुह एउटाको दरले प्रश्नहरू सोधिनेछ ।
2) प्रश्न सोध्नुभन्दा पहिले एउटा फोटो देखाइनेछ । यो फोटो दोहोर्याएर नदेखाइने भएकोले सबै समुहले ध्यान दिएर हेर्नु पर्नेछ । 
3) फोटो हटेपछि त्यो फोटोसँग सम्बन्धित प्रश्न सोधिनेछ । 
4) प्रश्न सोधिएको पहिलो समुहले उत्तर दिनको लागि ३० सेकेण्ड समय पाउनेछ भने पास भएका समुहले १५ सेकेण्डका दरले समय पाउनेछ ।
5) प्रश्न सोधिएको प्रतियोगीले उत्तर मिलाएमा १० अंक र पास भएको प्रतियोगीले उत्तर मिलाएमा ५ अंक पाउनेछ भने उत्तर गलत भएमा कुनै अंक गुमाउने छैन ।

7. Pick Your Clue Round Rules

1) यो राउण्डमा प्रति समुह एउटाको दरले प्रश्नहरू सोधिनेछ र उत्तर दिनको लागि ३० सेकेण्ड समय दिइनेछ ।
2) प्रश्न सुनिसकेपछि प्रतियोगीले सही उत्तर दिएमा २० अंक प्राप्त गर्नेछ । 
3) प्रतियोगीले क्लु लिन सक्नेछ । यसरी क्लु लिएमा पहिलो क्लु दिएपछि १५ सेकेण्ड समय दिइनेछ ।
4) पहिलो क्लु लिएपछि निर्धारित समय भित्र सही उत्तर दिएमा १० अंक प्राप्त गर्नेछ ।
5) प्रतियोगीले दोश्रो क्लु पनि लिन सक्नेछ । यसरी दोश्रो क्लु लिएमा क्लु दिएपछि पुनः १५ सेकेण्ड समय थपिनेछ ।
6) दोश्रो क्लु लिएपछि निर्धारित समयभित्र सही उत्तर दिएमा ५ अंक प्राप्त गर्नेछ ।
7) जुनसुकै चरणमा पनि गलत उत्तर दिएमा प्रतियोगी समुहले १० अंक गुमाउनेछ । तर पास गरेमा कुनै अंक गुमाउने छैन ।
8) यो राउण्डको कुनै पनि प्रश्न एक समुहबाट अर्को समुहमा पास हुने छैन ।

8. Audio-Visual Round Rules

1) यो राउण्डमा प्रति समुह एउटाको दरले प्रश्नहरू सोधिनेछ ।
2) प्रश्न सोध्नुभन्दा पहिले एउटा भिडियो देखाइनेछ । यो भिडियो दोहोर्याएर नदेखाइने भएकोले सबै समुहले ध्यान दिएर हेर्नु पर्नेछ । 
3) भिडियो बन्द भएपछि त्यो भिडियोसँग सम्बन्धित प्रश्न सोधिनेछ । 
4) प्रश्न सोधिएको पहिलो समुहले उत्तर दिनको लागि ३० सेकेण्ड समय पाउनेछ भने पास भएका समुहले १५ सेकेण्डका दरले समय पाउनेछ ।
5) प्रश्न सोधिएको प्रतियोगीले उत्तर मिलाएमा १० अंक र पास भएको प्रतियोगीले उत्तर मिलाएमा ५ अंक पाउनेछ भने उत्तर गलत भएमा कुनै अंक गुमाउने छैन ।

9. Rapid Fire Round Rules

1) यो राउण्डमा प्रत्येक समुहलाई बढीमा १० वटा सम्म प्रश्नहरू सोधिनेछ । 
2) प्रश्न सोधिसके पछि सहभागी समुहले सही उत्तर दिएमा वा पास गरेमा मात्र अर्को प्रश्न सोधिनेछ ।
3) सहभागीले जम्मा २ मिनेटको समय पाउनेछ ।
4) प्रत्येक सही उत्तरले १० अंक पाउनेछ भने गलत उत्तरले कुनै अंक गुमाउने छैन ।
5) यो राउण्डको कुनै पनि प्रश्न एक समुहबाट अर्को समुहमा पास हुने छैन ।



 


Post a Comment (0)
Previous Post Next Post