डेक्सटपमा राखिएको फोल्डरको नाम कसरी हटाउने ?

 कम्प्युटरको डेक्सटपमा राखिएको फोल्डरलाइ राम्रो र सजिलै चिनिने बनाउनको लागि फोल्डरको आइकोन कसरी परिवर्तन गर्ने भन्ने बिषयमा मैले पहिले नै लेखी सकेको छु । यदि तपाइँले हेर्नुभएको छैन भने यो लिंकबाट गएर हेर्न सक्नुहुन्छ । फोल्डरको आइकोन कसरी परिवर्तन गर्ने ?

फोल्डरको  आइकोन परिवर्तन गरि सकेपछि पनि फोल्डर चिन्न सजिलो त हुन्छ तर त्यसको नामले गर्दा डेक्सटपको सौन्दर्य हराएको हुन्छ । यसको लागि फोल्डरको नाम हटाउनुपर्ने हुन्छ तर बिना नामको फोल्डर बनाउन अर्थात फोल्डरको नाम मेटाउन सिष्टमले दिँदैन । फोल्डरको नाम नदेखिने गरी राख्नको लागि तपाइँले एउटा सानो ट्रिक गर्नुपर्ने हुन्छ । यो लेखमा त्यही ट्रिक वर्णन गरिएको छ । तपाइँ तलका चरणहरू पुरा गर्दै जानुहोस् ः

१. सर्चबक्समा Character Map लेखेर सर्च गर्नुहोस् । 


२. तल देखाइए जस्तो एउटा डाइलग बक्स खुल्छ । यसमा प्रत्येक कोठामा कुनै न कुनै अक्षर देख्नुहुन्छ । अक्षर नभएको कोठो खोज्दै जानुहोस् । त्यस्तो कोठो भेटिएपछि त्यसमा क्लिक गर्नुहोस् । चित्रमा देखाएजस्तै कोठो ठूलो बन्छ । त्यसपछि तल भएको Select बटनलाइ क्लिक गर्नुहोस् र Copy लेखिएको बटनमा क्लिक गरेर त्यो डाइलग बक्सलाइ बन्द गरिदिनुहोस् ।


३. नाम हटाउनुपर्ने फोल्डरमा राइटक्लिक गर्नुहोस् र Rename लाइ छान्नुहोस् । त्यसपछि नाम मेटेर खाली भएको ठाउँमा अघि कपी गरेको blank character लाइ पेष्ट गर्नुहोस् ।


४. Enter थिच्नुहोस् । तल देखिएजस्तै नाम नभएको फोल्डर तयार भयो ।


(धन्यवाद)


Post a Comment (0)
Previous Post Next Post