ल्यापटपको Taskbar मा Shutdown र Restart बटन कसरी बनाउने ?

 सामान्य अवस्थामा ल्यापटप वा कम्प्युटरमा काम गरी सकेपछि वा अरू कुनै कारणले Shutdown वा Restart गर्नुपर्यो भने Start मा गएर Power button लाई Select गरेर फेरि Shutdown वा Restart बटनमा क्लिक गर्नुपर्ने हुन्छ । धेरै जनालाई यो लामो प्रक्रिया झन्झटिलो लाग्छ र कम्प्युटरमा भएको पावर बटनलाई क्लिक गरेर जबरजस्ति कम्प्युटरलाई बन्द गर्ने गरेको पाइन्छ । यसो गर्दा कम्प्युटरको सफ्टवेयरमा नराम्रो असर पर्नसक्छ । तपाइँको ल्यापटप वा कम्प्युटरको तल्लो भागमा तलको Screenshot मा दिए जस्तै Shutdown वा Restart को बटन भए कति सजिलो हुने थियो हैन ?

यो लेखमा यस्तै Shutdown तथा Restart बटन बनाउने र Taskbar मा राख्ने विषयमा वर्णन गरिएको छ । यसको लागि तल दिइएका चरणहरू पुरा गर्दै जानुहोला ।


१. Desktop को कुनै खाली ठाउँमा Right Click गरेर New/Shortcut छान्नुहोस् । यसो गर्दा स्क्रिनमा एउटा सर्टकट आइकन बन्दछ भने एउटा डाइलग बक्स पनि खुल्छ जसमा सर्टकटको लोकेसन सोधेको हुन्छ । लोकेसन लेख्नुपर्ने बक्समा shutdown /s /t 00 टाइप गर्नुहोस् र तल रहेको Next Button लाई क्लिक गर्नुहोस् ।


२. दोश्रो स्क्रिनमा सर्टकटको नाम सोधिएको हुन्छ । यसमा कुनै प्रतिबन्ध छैन तर Shutdown नै राखिदिनुभयो भने पछि बुझ्न सजिलो हुन्छ । तल रहेको Finish बटनमा क्लिक गर्नुहोस् ।


३. यसरी Shutdown Button तयार भयो तर यो हेरेर चिन्ने किसिमको छैन । यसको लागि निम्न अनुसार आइकन बदल्नु पर्दछ ।


४. भर्खरै बनाएको सर्टकटमा Right click गर्नुहोस् र Properties मा क्लिक गर्नुहोस् । 


५. खुलेको डाइलग बक्समा तल्लो भागमा रहेको Change Icon भन्ने बटनमा क्लिक गर्नुहोस् ।


६. Change Icon को डाइलग खुल्नेछ  जसमा धेरैवटा आइकनहरू हुनेछन् । यसमध्ये सटडाउनको लागि उपयुक्त लागेको एउटा आइकन छानेर OK बटनमा क्लिक गर्नुहोस् । यदि तपाइँसँग .ico इमेज छ भने माथि रहेको Browse लाई क्लिक गरेर आफ्नै Icon पनि छान्न सक्नुहुनेछ ।


७. क्रमशः Ok/Apply/Ok बटनलाई क्लिक गरेपछि Shutdown को बटन तयार भयो ।


८. यसरी नै Restart को लागि Right click गरेर लोकेसनमा shutdown /r /t 00 लेख्नुहोस्  र दोश्रो स्क्रिनमा नाममा Restart लेख्नुहोस् । 



९. Shutdown को जस्तै प्रक्रिया पुरा गरेर आइकोन परिवर्तन गर्नुहोस् ।


१०. यसरी दुबै बटन तयार भए । इनीहरूलाई डेक्सटपमा राख्दा त्यती उपयुक्त हुँदैन । त्यसैले दुबै बटनलाई कुनै उपयुक्त फोल्लडरमा लगेर राख्नुहोस् । 


११. अब यी बटनहरूलाई Taskbar मा pin गर्नुपर्ने हुन्छ । यसको लागि बटनमा Right Click गर्नुहोस् र pin to taskbar मा क्लिक गर्नुहोस् । तुरून्तै त्यो बटनलाई taskbar मा देख्नुहुनेछ । दुबै बटनलाई यसरी नै taskbar मा pin गर्नुहोस् ।



(धन्यवाद)


Post a Comment (0)
Previous Post Next Post